नेपाल बैंक र आइएमई जनरल इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

काठमाडौं । नेपाल बैंक र आइएमई जनरल इन्स्योरेन्सबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौताभएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरे।

सम्झौता अनुसार  बैकले आफना खातावाला ग्राहक महानुभावहरुलाई निशुल्क रुपमा १० लाख बराबरको दुर्घटना बीमा र २५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्सबाट प्रदान गर्ने भएको छ ।

उक्त कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुको निशुल्क रुपमा १० लाखको दुर्घटना बीमा तथा २५ हजारको औषधोपचार बीमा हुने जानकारी दिदैं थप सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्ससंग बीमा सेवाको  लागि  सम्झौता गरिएको बताए।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after