लाङटाङमा हराइरहेका पर्यटक मृतफेला

काठमाडौं । लाङटाङको लिरूङ इलाकामा हराइरहेका विदेशी पर्यटक मृतफेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराएका स्लोभाकियाका ३४ वर्षीय अन्ड्रेज हुसुर्कालाई तेस्रोपटकको हवाई खोजबाट मृत भेटिएका हुन्।

समुद्र सतहबाट एक हजार सात सय मिटरको उचाइमा रहेको लिरूङ हिमाल क्षेत्रको करिब ३० मिटरको गहिरो खोँचमा वरिष्ठ क्याप्टेन विवेक खड्काको उद्धार समूहले पर्यटकको शव फेला पारेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए।

उनको शव परीक्षणका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल राखिएको छ। उनीसँगै गएका चेकरिपब्लिकका मारेक होलेसेक भने गत हप्ता सम्पर्कमा आएका थिए।

ठमेलस्थित काठमाडौं ट्रेकिङ कम्पनीमार्फत पठाएको पर्यटकलाई हिमालमा पठाउँदा न्यूनतम मापदण्ड पूरा गरेरनगरेको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य