मकवानपुरमा सार्वजनिक शौचालय नजिकैकाे झाँडीमा नवजाजात शिशु फेला, काठमाडौंमा बस्ने आमा पक्राउ

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा एक नवजात शिशु फेला परेका छन् ।

थाहा नगरपालिका–४ शिखरकोटस्थित सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा करिब १५/२० दिनको जस्तो देखिने नवजात शिशु (बालक) फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

नवजात शिशु फेला परेको खबर स्थानीयमार्फत् जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले नवजात शिशुको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा सुरक्षित राखिएको र अवस्था सामान्य रहेको जनाइएको छ ।

उक्त बच्चा जन्माई फाल्ने झापा जिल्ला लक्ष्मीपुर अर्जुनधारा नगरपालिका ६ घर भई हाल काठमाडौंमा कोठा लिई बस्ने वर्ष २८ की विवाहित मेनुका धिताल अधिकारीलाई थाहा नगरपालिका धारापानीस्थित दिदीको घरमा फेला पारी नियन्त्रणमा लिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य