नागढुंगा चेकपोस्टबाट आधा किलो सुनसहित युवक पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगा चेकपोस्टमा आधा किलो सुनसहित युवक पक्राउ परेका छन् ।

कैलाली टिकापुर नगरपालिका-४ बस्ने २३ वर्षीय एलिस ढकाल पक्राउ परेका हुन् । बुधबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा-२ नागढुङंगा चेक प्वाइन्टमा नेपालगंजबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०३-००१ ख ००९९ नम्बरको यात्रुवाहक चेकजाँच गर्नेक्रममा ढकाललाई पक्राउ गरिएको हो ।

सुनकाे तौल पाँच सय दुई ग्राम रहेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डोटीमा उपचारको क्रममा बालिकाको मृत्यु, तीनजना चिकित्सक पक्राउ

काठमाडौं । डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएपछि प्रहरीले तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका चिकित्सकहरूमा डा. राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अभिषेक यादव रहेका छन् ।

प्रतिकृया दिनुहॊस