कांग्रेसले सरदारलाई बनायो ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवार

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार विराटनगरमा बसेको जिल्ला संसदीय समितिको बैठकले सर्वसम्मत रुपमा पूर्व महासमिति सदस्य सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस मोरङले जानकारी दिएको छ ।

जिल्ला सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा बसेको बैठकले काङ्ग्रेसबाट १७ जना आकांक्षी मध्येबाट सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । माझीले प्रदेश र पालिकाका पदाधिकारीसहितको बैठकबाट निर्वाचन परिचालन समितिका संयोजक चयन गरी निर्वाचन प्रचारप्रसार थाल्ने कांग्रेसले तयारी गरेको छ ।

यस अघिको निर्वाचनमा पनि ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । उनको मृत्यु भएपछि ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उप निर्वाचन हुन लागेको हो ।

ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्रले नवोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने नेकपा एमालेले अहिलेसम्म उम्मेदवारको नाम टुंगो लगाएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुई वर्षअघि पोर्चुगल गएका दोलखाका श्रेष्ठको निसासिएर मृत्यु

काठमाडौं । पोर्चुगलमा निसासिएर एक नेपाली कामदारको मृत्यु भएको छ । दुई वर्षअघि पोर्चुगल गएका …

प्रतिकृया दिनुहॊस