हार स्वीकार्दै कमलाले भनिन्- ‘शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण हुन्छ’

काठमाडौं । अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले चुनावी हार स्विकार्दै समर्थकलाई सम्बोधन गरेकी छिन् ।

आधा घण्टाको भन्दा छोटो सम्बोधनमा उनले आफूले चुनावी नतिजा स्विकार्दै शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने बताइन् । भनिन्, ‘यो दल र उम्मेदवारको पक्षको कुरा होइन । यो संविधान रक्षाको कुरा हो ।’

आफूले विजेता ट्रम्पलाई फोन गरेर बधाई दिएको पनि कमलाले बताइन् । उनले आफूले मत हाल्ने, अभियानमा लाग्दा यो नतिजा नसोचेको भन्दै युद्धमा हारेको नभई युद्ध लम्बिएको बताइन् ।

महिलाले आफ्नो शरीरमा के गर्नेमा अरूले होइन महिलाले नै निर्णय लिनुपर्ने पक्षमा बोल्दै कमलाले युद्ध सडकबाट अदालतसम्म जारी हुने बताइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य