ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन खुला

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप प्राथमिक सेयर (एफपीओ) निष्कासन गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा तीन लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ निष्कासन गरेको हो ।

एफपीओमा छिटोमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । यो दिनसम्म मागअनुसारको आवेदन नपरेमा कम्पनीको एफपीओमा आवेदन दिने अवधि २६ गतेसम्म थप गरिनेछ ।

कम्पनीले निष्कासन गरेको एफपीओमा न्यूनतम १० देखि एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले २०७८ चैत २९ गते एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

तर, बोर्डले तीन वर्षपछि गत असोज २९ गते मात्र एफपीओ निष्कासन अनुमति दिएको थियो । यो एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

कम्पनीको एफपीओमा लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ लिमिट (सीडीएससी)ले तयार गरेको मेरोसेयर वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । यसबाहेक मुक्तिनाथ क्यापिटलको कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुन तोलामै १५ हजारसम्म सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौं । सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो । भन्सार महसुल घटाउने सरकारको निर्णयले सुनको मूल्य तोलामा झण्डै १५ हजार रुपैयाँले सस्तो हुने भएको छ ।

प्रतिकृया दिनुहॊस