साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

आइतबार साँझ दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतलाई ‘पेनाल्टी सुटआउट’मा हराउँदै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल कार्तिक १४ गते बुधवार हुनेछ ।

अब नेपालले फाइनलमा बंगलादेशसंग भिड्नेछ । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

प्रतियोगितामा फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल दश खेलाडीमा सिमित भएको थियो ।

नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो भने भारत समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य