सुनचाँदीकै मूल्यले कायम गर्‍यो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी छ । मंगलबार सुनको मूल्य बढेको छ । दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै गइरहेको हो ।

सोहीअनुसार मंगलबार पनि छापावाल सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६ सय रुपैयाँ थियो । आज सुनको मूल्य हिजोको तुलनामा ३ सय रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो ।

यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य