सुनचाँदीकै मूल्यले कायम गर्‍यो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी छ । मंगलबार सुनको मूल्य बढेको छ । दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै गइरहेको हो ।

सोहीअनुसार मंगलबार पनि छापावाल सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६ सय रुपैयाँ थियो । आज सुनको मूल्य हिजोको तुलनामा ३ सय रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो ।

यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईटेलको चाडपर्व अफर : उपहार पाउन केही खरिद गर्नै नपर्ने

काठमाडौं । मोबाइल ब्रान्ड आइटेलले चाडपर्वलाई लक्षित गर्दै बजारमा प्रचलितभन्दा विशेष योजना ल्याएको छ। योजनाअन्तर्गत …

प्रतिकृया दिनुहॊस