नेपालले गर्‍यो अमेरिकाविरुद्धको सिरिज ‘क्लिन स्वीप’

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरज ‘क्लिन स्वीप’ गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकालाई हराउँदै नेपालले सिरिज ‘क्लिन स्वीप’ गरेको हो ।

सोमबार बिहान अमेरिकाको डालसमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएर नेपाललाई १५७ रनको लक्ष्य दिएको थियो । अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ दशमलव ४ आभेरमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे । अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक/एक विकेट लिए ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक/एक विकेट लिएका थिए ।

यसअघि भएका दुवै खेल नेपालले जितेको थियो । पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको नेपालले दोस्रो खेलमा सुपरओभरमा हराएको थियो ।

 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

न्युजिल्यान्डले जित्यो विश्वकपको उपाधि

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । दुबईमा आइतबार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड पहिलो पटक विश्व विजेता बनेको हो ।

प्रतिकृया दिनुहॊस