पूर्वराजा ज्ञानेन्द्रद्वारा बाढी पहिरोको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

विज्ञप्तिमार्फत पूर्व राजा शाहले देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरै सर्वसाधारण नेपालीहरुको जीवन गुमेको, घाइते हुनुपरेको साथै घरगोठ र जयजेथा गुमाउनुपरेको सुन्दा आफूलाई पीडाबोध भएको जनाउँदै ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले महत्वपूर्व चाडपर्व निकट आइरहेको समयमा राजमार्ग र सडक सञ्जाल अवरुद्ध हुन पुगेकोमा गम्भीर चासो रहेको जनाउँदै राज्यले मृतक, घाइते तथा बेपत्ताहरुको ाहत, उपचार र खोजीकार्यका लागि राज्यले तदारुकता देखाओस् भन्ने आग्रह समेत गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अध्यक्ष प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले …

प्रतिकृया दिनुहॊस