सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता, ३ जनाको उद्धार

काठमाडाैं । बझाङमा ट्याक्टर दुर्घटना भएर सेती नदीमा खसेपछि हुँदा दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी राजमार्गअन्तर्गत दुर्गाथली गाउँपालिका-२ झननामा ट्याक्टर दुर्घटना भएको हो ।

कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार चालकसहित ५ जना सवार ट्याक्टर दुर्घटना भएको हो । `तीनजनाको सकुशल उद्दार गरेर स्वास्थ्य चौकी पुगाइएको छ,´ उनले भने, `बाकी दुई जना सेतीमा बेपत्ता छन् । हामी पनि घटनास्थल गइरहेका छौं । पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको छ ।´

ट्याक्टरको नम्बर र बेपत्ता दुई जनाको पहिचान हुन नसकेको डिएसपी भण्डारीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । बिहीबार बिहान घोराही-लमही …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds