काठमाडौं । टाटा मोटर्सको तेस्रोे ग्लोबल सर्भिस क्याम्प सुरु भएको छ । नेपालका लागि टाटा मोटर्सकाे अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले ग्लोबल सर्भिस क्याम्प यही मंसिर १२ देखि १४ गते सम्म संचालनमा ल्याएको हो ।
टाटा मोटर्स् कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुखरुद्ररुप मैत्रा तथा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राले संयुक्त रुपमा उक्त कार्यक्रमको उद्घाटन गरे ।
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४६ राष्ट्र लगायत नेपालका ३८ विभिन्न स्थानहरुमा आयोजित गरिएको छ ।
यस ग्लोबल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स्का सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ ।
यस क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर, जस्ता प्रमुख विशेषताहरु छन् ।




