काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले रुपन्देहीको बुटवलमा नयाँ शाखा शुरु गरेको छ । उक्त शाखाको उद्घाटन बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले गरेका हुन् ।
जारी पुँजी ८५ करोड ७२ लाख रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप ५ अर्ब २ करोड रूपैयाँ तथा कर्जा लगानी ४ अर्ब ४१ करोड र जगेडा कोषमा २४ करोड ९२ लाख रूपैयाँ रहेको छ ।
तपाईंको प्रतिकृया




