सांकेतिक तस्बिर

धनकुटामा खुकुरी हानी गर्भवती श्रीमतीको हत्या

काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिका-१ स्थित कटहरेमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २९ वर्षीया विजय दर्जीले २५ वर्षीया श्रीमती सरिता दर्जीको शनिबार राति हत्या गरेका हुन् ।

श्रीमान्‌ले खुकुरी प्रहार गरेर घाइते भएकी श्रीमती सरिताको आइतबार बिहान करिब ४ बजे जिल्ला अस्ताल धनकुटामा उपचारका क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । प्रारम्भिक जानकारीअनुसार सामान्य घरझगडा भएको कारण खुकुरी प्रहार भएको हो ।

विजयले श्रीमतीलाई आक्रमण गरेपछि आफैंलाई पनि खुकुरीले हानेका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । की दर्जीका ५ र ११ वर्षका दुई छोरी रहेका छन् । मृतक गर्भवती रहेको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds