काठमाडौं । अजोड इन्स्योरेन्स र वयोधा हस्पिटलबीच नगदरहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रभी चौधरीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा बयोधा हस्पिटलबाट क्यासलेस अर्थात नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन् ।
तपाईंको प्रतिकृया




