मोरङको कञ्चनबारीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०४ मा बिहीबारदेखि कञ्चनबारी शाखा संचालनमा ल्याएकोे हो । यो शाखा सहित आफ्नो शाखा संख्या २७३ पुगेको बैंकले जनाएको छ ।

नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन् भने उद्घाटन कार्यक्रममा प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेग्मी गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी नायब प्रमुख कार्यकारी …

प्रतिकृया दिनुहॊस