भेनस हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं–११, मध्यबानेश्वरस्थित भेनस हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्झौता भएको छ। दुई संस्थाबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौतामा भेनस हस्पिटलकी जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं. १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले हस्ताक्षर गरे। सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटल प्रालि उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिक, अन्र्तगतका सेवाहरुमा ७ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाट समेत भुक्तानी गर्न सक्नेछन्। साथै भेनस हस्पिटलले अन्तरङ्ग तथा बहिरङ्ग, रेडियोलोजी, प्याथोलोजी लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सम्पन्न

काठमाडौं । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स …

प्रतिकृया दिनुहॊस