सांकेतिक तस्बिर

धापाखेलमा श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

काठमाडौं । ललितपुरको धापाखेलबाट श्रीमतीको हत्याको आरोपमा एक युवकलाई पक्राउ परेका छन् । यही भदौ १२ गते राति खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका – ७ घर भई ललितपुर महानगरपलिका –२४ धापाखेल नखुडोल बस्दै आएकी ३५ वर्षीया शशिकला राई मृत फेला परेकी थिइन् ।

शशिकला आफ्नै ओच्छ्यान (बेड) मा मृत फेला परेको भनी मृतकका आफन्तले प्रहरीलाई सोही राति खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनाको सुक्ष्म अनुसन्धान गर्दै जाँदा निजकै श्रीमान वर्ष ३३ को भक्तिराज राईले कर्तब्य गरी शशिकलाको हत्या गरेको खुलेको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । पत्नी हत्या अभियोगमा भक्तिराजलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा कारबाही अघि बढाइएको उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गर्छाैं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टीमाथिको आक्रमणलाई सामना गर्न तयार रहन …

प्रतिकृया दिनुहॊस