तीजको उपलक्ष्यमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले महिला खातावालालाई लक्षित गरी तीजको उपलक्ष्यमा क्यास ब्याक योजना ल्याएको छ । नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका खातामा यस्तो योजना ल्याएको हो ।

बैंकका अनुसार विदेशबाट रेमिट्यान्स पाउने गरी खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत रकम भुक्तानी गर्दा तीजको शुभकामनास्वरुप यही भदौ २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई १ सय रुपैयाँको क्यास ब्याक दिइनेछ ।

योजनाबाट सेवाग्राहीहरुको विद्युतीय भुक्तानी प्रयोगमा टेवा पुग्ने बैंकको विश्वास छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

राष्ट्र बैंकको नयाँ निर्देशिका: बचत र ऋण कारोबारलाई कडाइ, सहकारीका लागि नयाँ नियमावली

काठमाडौं । सरकारले सहकारी क्षेत्र व्यवस्थापनका लागि अध्यादेशमार्फत नयाँ कानुन लागू गरेपछि नेपाल राष्ट्र बैंकले सहकारी संस्थाको वित्तीय गतिविधिलाई व्यवस्थित गर्न नयाँ मापदण्डको मस्यौदा सार्वजनिक गरेको छ । सहकारी क्षेत्रमा देखिएको वित्तीय अपारदर्शिता र असन्तुलनलाई सम्बोधन गर्दै सोमबार राष्ट्र बैंकले “बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशिका तथा मापदण्ड” को प्रारम्भिक खाका प्रस्तुत गरेको हो ।

प्रतिकृया दिनुहॊस