होटलको कोठामा युवतीको हत्या अभियोगमा युवक पक्राउ

काठमाडाैं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हेटौंडा–१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेला परेकी थिइन् । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो । खाँलाई हेटौँडा–५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनीहरू भदौ १० गते अपरान्ह ४ बजेतिर समिर खानसहित न्यौपाने होटलमा कोठा लिएर बसेका थिए । समिर बेलुका ८ बजे नै कोठाको ढोकाको भित्रबाट चुकुल लगाएर झ्यालबाट हाम्फालेर भागेका थिए । खानले युवतीलाई २ वटा वियरको बोत्तलसहित धारिलो हतियारले हिर्काएर हत्या गरेर भागेको पाइएको प्रहरीले जनाएको छ ।

भोलिपल्ट बिहान होटलको कोठा नखोलेपछि होटलवालाले प्रहरी र वडाध्यक्षलाई खबर गरेका थिए । कोठा खोल्दा युवती मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीका अनुसार उनीहरूबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । ‘उनीहरू ‘रिलेशन’ मा रहेको खुलेको छ । तर किन हत्या भयो भनेर अनुसन्धान भइरहेको छ,’ प्रहरी उपरीक्षक सिताराम रिजालले भने ।

घटनाको अनुसन्धानको क्रममा घटना पश्चात आरोपितलाई भाग्ने उम्कने कार्यमा सहयोग पुर्‍याएको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने समिरकी आमा सैरुन खान, श्रीमती रविना खातुन, समिरका ससुरा पर्सा वीरगञ्जका लालबाबु खाँ पैठान र निजको छोरा समिरको जेठान ३० वर्षीय फैयाज अहमदलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका चारै जनालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी

काठमाडौँ । काठमाडौँवासीले दसैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds