कप्तान एञ्जिलाले पनि युरोपियन लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन् । उनले २०२४–०२५ को सिजनका लागि ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग एक वर्षे सम्झौता गरेकी छन् ।

एञ्जिलाले एसिया बाहिर लिग खेल्न लागेको यो पहिलो हो । उनले यो उपलब्धिबारे प्रतिक्रिया दिँदै भनेकी छन्, ‘पहिलो पटक युरोपको लिगमा खेल्दै छु । त्यसैले खुशी छ । सबै खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । दुई वर्षको लगातार प्रयासपछि मेरो आफ्नै सपना पूरा भएको छ ।’

उनी एपीएफसँग आबद्ध खेलाडी हुन् । यसअघि एपीएफकै सावित्रा भण्डारी युरोपमा खेल्ने पहिलो खेलाडी भएकी थिइन् । एञ्जिलाले भारत र पाकिस्तानमा पनि व्यावसायिक फुटबल खेलिसकेकी छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ब्याटिङ नचल्दा क्यानडासँग नेपालको फराकिलो हार

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडासँग लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds