टानको अध्यक्षमा माओवादीले मार्‍यो बाजी, सत्ता गठबन्धनका उम्मेदवार पराजित

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । प्रत्यासी राजेन्द्र सापकोटालाई १०० मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन् ।

पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत ल्याए । यस्तै महसचिवममा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा विजयी भएका छन् । उनले सापकोटा समूहका राजेन्द्रप्रसाद सुवेदीलाई हराका हुन् । चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा वरिष्ठ उपाध्यक्षमा विजयी भए । प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्सालर द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भए ।

सचिवमा रिञ्जी जाङबु शेर्पा र कोषाध्यक्षमा गौतमराज वाग्ले विजयी भए । सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा चयन भए । पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) सदस्य पदमा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि टानमा सोमबार निर्वाचन भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds