काठमाडौं । नेप्सेमा हरियाली छाएको छ । सोमबार नेप्से १२७.२५ अङ्कले बढेर २८२३.२५ विन्दुमा पुगेको छ ।
सोमबार ३३५ कम्पनिको कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटक कारोबार हुदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ मा खरिद बिक्री भएका छन् ।
त्यस्तै, नेशनल हाइड्रोसहित सात कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी उन्नति कोषको शेयर मुल्य सबै भन्दा बढी ४.७१ प्रतिशतले घटेको छ ।
गुडविल फाइनान्सको सबै भन्दाबढी ४६ करोड ५२ लाख ५१ हजार ९०० को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज साबि भन्दा बढी अपि पावरको सबैभन्दा बढी १२ लाख २५ हजार ९४९ कित्ता शेयर कारोबार भएको छ ।
प्रतिकृया दिनुहॊस