मुक्तिनाथ कृषि कम्पनीले मनायो छैठौं वार्षिकोत्सव

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । काठमाडौंमा आयोजित वार्षिकोत्सवको अवसरमा कृषिमा लगानी दशक सफल बनाउन आवश्यक अध्ययनसहितको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

‘लगानी दशक सफल बनाउने जिम्मेवारी, सार्वजनिक निजी सहकारीको साझेदारी’ भन्ने नारासहित कृषिमा लगानी दशकको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कृषि उपजमा किसानले आफ्नो लगानीको प्रतिफल नपाउने गरेको, परिश्रमको मूल्यसमेत नपाउने लगायतका अवस्था सृजना भइरहेको अवस्थामा कृषि कम्पनीले कृषिमा लगानी दशक सफल बनाउन आवश्यक कार्यपत्र तयार गरेको कम्पनीले बताएको छ ।

खेतबारी चौतर्फी बाँझो रहेको अवस्थामा किसानको उत्पादन सिधै उपभोक्तामाझ पुर्‍याउने अभिलाषाका साथ छ वर्ष अघि स्थापना गरिएको कम्पनीले किसान र उपभोक्ता हितका लागि काम गर्ने लक्ष्य रहेको बताएको छ ।

सो अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रि रामनाथ अधिकारीले स्वदेशी उत्पादनलाई निर्यात गर्नेगरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।उनले सरकार र किसान बीचको खाडल पूर्ण निजीक्षेत्रको सक्रियता आवश्यक रहेको बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सरकार तयार रहेको समेत बताए।

त्यसैगरी,राष्ट्रिय योजना आयोगका सदस्य जय बहादुर टन्डनले दिगो लक्ष्यहरू पूरा गर्न पनि कृषि क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताए । मुलुकलाई समृद्धि र आत्मनिर्भर बनाउन कृषिजन्य क्षेत्रको विकास गर्नु अपरिहार्य रहेको उनले बताए ।

सो अवसरमा राष्ट्रिय सहकारी महासंघ, उद्योग वाणिज्य महासंघ, विकास साझेदार र कृषि क्षेत्रका विभिन्न २५० भन्दा बढि सरोकारवालाहरुको उपस्थिति थियो ।

मुक्तिनाथ बिकास बैंकको प्रमुख लगानीसहित विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा स्थापना भएको उक्त कम्पनी धितोपत्र बजारमा सूचीकृत मुलुककै पहिलो कृषि क्षेत्रको अग्रणी कम्पनी हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । आजको दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा पुगेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds