बाँके-काठमाडौं सम्पर्क समितिले गर्‍यो तीजको शुभकामना आदानप्रदान (भिडियो)

काठमाडौं । बाँके-काठमाडौं सम्पर्क समितिले हरितालिका तीजको पूर्व सन्ध्यामा बृहत तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौंको अनामनगरमा शुभकामना आदानप्रदानसहित बृहत तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन भएको हो ।

उपाध्यक्ष कमला डिसीको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवाल, विशिष्ट अतिथि केन्द्रीय सदस्य रंगमति शाही रहेकी थिइन् । कार्यक्रमा प्रतिनिधिसभा सदस्य मैना कार्की, नेपाल महिला संघ केन्द्रीय सभापति उषा राउत मिश्र, महाधिवेशन प्रतिनिधि कमला हमाललगायत उपस्थितिमा सम्पन्न भएको हो ।

बाँके जन्मथलो भइ काठमाडौं उपत्यकामा विभिन्न पेशा व्यवसायमा संलग्न रहेकाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अन्य जिल्लाका व्यतित्वहरुको सहभागिता रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछानेलाई काठमाडौं ल्याइने

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति …

प्रतिकृया दिनुहॊस