फाइल फाेटाे

सेप्टिक ट्यांकभित्र निस्सासिएर घरधनीका छोरासहित तीन जनाको मृत्यु

काठमाडौं । नवलपुरको विनयी गाउँपालिका– ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्यांकमा निसास्सिएर तीन जनाको ज्यान गएको छ । निर्माणाधीन घरको शौचालयको सेप्टिक ट्यांकभित्र काम गर्ने क्रममा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सोही घरका घरधनीका छोरा ३८ वर्षीय छोरा प्रकाशसिंह क्षेत्री, छिमेकी १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ७ का २८ वर्षीय मोहम्द राजा छन् । वडा नम्बर–७ स्थित रानीनगर भन्ने ठाउँमा निर्माणाधीन घरको शौचालयको सेप्टिक ट्यांकभित्र काम गर्न पसेका उनीहरू बेहोस भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

बेहोस भएपछि अस्पताल लगिएको र अस्पतालले नै मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रकाशको परासीस्थित जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा, बोगटी र मोहम्मद राजाको भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds