बहुदलीय व्यवस्थाको विकल्प छैन : कांग्रेस सभापति देउवा (भिडियोसहित)

  • पत्रकार उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलले आवश्यक ठानेमा संविधान संशोधन हुनसक्ने बताएका छन् । पत्रकार दीर्घराज उपाध्यायले लेखेको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै नेपालीलाई अटाउने संविधान बनेको जिकिर गरे ।

उनले भने, ‘बहुदलीय व्यवस्थालाई स्थायी रुपमा स्थापित गर्नुपर्छ, संविधानमा कति कुरा संशोधन हुनसक्ने अवस्था पनि छ । सबैले आवश्यक ठान्यो भने संशोधन हुनसक्छ । अहिलेको संविधान समावेशी छ, समावेशिताको विषयमा पनि केही कुराहरु छन्, कति मानिसहरु चुनाव जित्न सक्दैनन्, त्यसका लागि समावेशिता पनि आवश्यक छ ।’

यस्तै नेकपा एमालेका सचिव लेखराज भट्टले माओवादी युद्धकालका केही घटना सम्झिँदा अहिले पनि मन दुख्ने गरेको बताएका छन् । ‘अहिले हामी शान्ति प्रक्रियामा आएर यहाँसम्म आइसकेका छौं,’ उनले भने, ‘हिजो मात्रै टीआरसी विधेयक प्रमाणीकरण भएको छ तर, अझै हामीले न्याय दिन सकेका छैनौं । पीडित परिवारलाई सम्झिँदा कहिलेकाहिँ चसक्क दुख्छ, जुन चिजको लागि लडाइँ लडियो, त्यहाँ अन्याय भएको देख्दा मन दुख्छ ।’

पस्तकका बारेमा चर्चा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले यो पस्तकले द्वन्द्वकालमा भएका घटनाहरुको दस्तावेजीकरण गरिएको र आगामी दिनको पत्रकारिताका लागि प्रेरणा र अनुसन्धानकर्ताहरुका लागि स्रोत सामाग्री बन्ने बताएका छन् ।

पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले यो पुस्तक अहिलेको नयाँ पुस्ताका पत्रकारहरुका लागि उपहार भएको बताएका छन् ।

पुस्तकमाथि टिप्पणी गर्दै वरिष्ठ पत्रकार कुन्द दीक्षितले यो पुस्तकले फेरि द्वन्द्वलाई फरि दोहोरिन नदिन यो पस्तक सहयोगी हुने बताएका छन् । उनले भने, यो पस्तक शान्ति पत्रकारिताको अद्भुत नमुना हो । हामीलाई यो पस्तकले द्वन्द्वलाई बर्सिन दिँदैन ।’ आफूलाई मार्न खोज्नेसँग मिलेर सँगै सहभागी हुनु शान्ति प्रक्रियाको सफलता मान्न सकिने वरिष्ठ पत्रकार दीक्षितले बताएका छन् ।

पुस्तकमाथि टिप्पणी गर्दै वरिष्ठ पत्रकार बविता बस्नेतले द्वन्द्वकालमा भएका घटनाहरुको फेहरिस्त भएको बताएकी छन् । उनले भनिन्, ‘द्वन्द्वकालमा कसरी रिपोर्टिङ गरियो र कस्तो समयबाट नेपाली पत्रकारिता गुज्रिएर यहाँसम्म आइपुग्यो भन्ने बुझ्न यो पुस्तक सहयोगी हुनेछ ।’

पस्तकका लेखक उपाध्यायले यो पुस्तक द्वन्द्वकालमा नेपाली पत्रकार र आमसञ्चार जगतले जे भोग्यो त्यो समयको दस्तावेज भएको बताएका छन् । यो पुस्तक सम्म बुक्स पब्लिकेसनले प्रकाशन गरेको हो ।

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds