एमसीसीको १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाको १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसीए–नेपालले हस्ताक्षर गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म २१ महिनामा सक्ने गरी एक करोड २३ लाख ६० हजार अमेरिकी डलर ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता गरेको हो ।

अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसीए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा आयोजित एक समारोहमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरे ।

निर्माण सम्झौता सम्पन्न भइसकेका कुल १२ करोड ६० लाख अमेरिकी डलर बजेटयुक्त तीनवटा सबस्टेसनसहित यो १८ किलोमिटर प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नारायणी नदीपारि सुस्तामा झोलुंगे पुलबाट पुर्‍याइयो राष्ट्रिय प्रसारणलाइनको बिजुली

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् …

प्रतिकृया दिनुहॊस