वार्षिकोत्सवको अवसरमा पञ्चकन्या ग्रूपद्वारा रक्तदान आयोजना

काठमाडौं । पञ्चकन्या ग्रूपले ५२ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

ललितपुरको कृष्णगल्लीस्थित ग्रूपको केन्द्रीय कार्यालयमा नेपाल रेडक्रस सोसाइटी ललितपुर रक्त सञ्चार केन्द्रमा सहयोगमा रक्तदान कार्यक्रम अयोजना गरिएको हो ।सो अवसरमा ग्रूपका सञ्चालकहरू, केन्द्रीय कार्यालय तथा ग्रूप अन्तर्गतका विभिन्न उद्योगहरूमा कार्यरत कर्मचारी र शुभचिन्तक समेत गरेर जम्मा ४८ जनाले रक्तदान गरेका थिए ।

पञ्चकन्या ग्रूपले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रूपमा निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री