म प्रधानमन्त्री बन्ने लाइनमा छैन : परराष्ट्रमन्त्री देउवा

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू प्रधानमन्त्रीको लाइनमा नभएको बताएकी छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीको लाइनमा नरहेको प्रष्ट पारेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भनेकाले धेरैले तपाईँ बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नि भनेर पत्रकारले सोधेको प्रश्नमा उनले कांग्रेस अनुशासनमा चल्ने पार्टी नभएको बताइन् । ‘बाहिर मेरोबारे जेजस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभएको होला,’ मन्त्री देउवाले भनिन्, ‘राम्रो कल्पना हो । म प्रधानमन्त्री ज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । हाम्रोबाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो ।’

परराष्ट्रमन्त्री बनेको छोटो समयमै नेपाललाई सबै देशले सहयोग गर्न चाहेको कुरा आफूलाई लागेको उनले जिकिर गरिन् । ‘सबै देश नेपालप्रति सकारात्मक छन्,’ उनले भनिन्, ‘तर विगतमा हाम्रोतर्फ केही कमजोरी भएका रहेछन् । अब ती कमजोरीलाई सुधार गर्नतर्फ लाग्छौँ ।

उनले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै जाने समेत बताइन् । मुलुकले पाएको उपलब्धि संस्थागत गर्न कांग्रेस एमालेको सरकार बनाएको मन्त्री देउवाको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds