इटहरी । उपनगरपालिका–९ हटियालाइनमा सञ्चालित एक्टिभ मनी ट्रान्सफरका सञ्चालकमाथि अज्ञात व्यक्तिले छुरा प्रहार गरी नगद लुटेर भागेका छन ।
मुखमा कालो पट्टी बाधेर आएका व्यक्ति र संञ्चालक सबिन दाहालबिच केही समय घम्साघम्सी समेत भएको थियो । सो क्रममा लुटेराको छुरा प्रहारबाट संञ्चालक दाहाललाई घाइते बनाएर काउन्टरमा रहेको नगद लुटिएको हो ।
घाइते दाहालको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । छुरा प्रहार गरेर भाग्ने व्यक्तिको खोजतलास भइरहेकाे प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




