बिमालेख नवीकरण नगर्ने बढेपछि एसियन लाइफले ल्यायो छुटको स्किम

काठमाडौं । बिमालेख समयमै नवीकरण नगर्ने प्रवृत्ति बढेसँगै एसियन लाइफ इन्स्योरेन्सले बिमितका लागि छुटको स्किम ल्याएको छ।

इन्स्योरेन्सले २०८१ साउन मसान्तसम्म बिमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बिमालेखहरुका लागि नवीकरण शुल्कमा छुट दिने घोषणा गरेको हो।

यसमा २०८१ भदौ ११ देखि असोज १० गतेभित्र पुनर्जागरण गराउने बिमितलाई ब्याजमा छुट दिने भएको हो।

परिपक्व हुन ५ वर्षभन्दा माथिको समय भएका बिमालेखको हकमा कम्पनीले ब्याजमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षसम्मको समय भएका बिमालेखमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री