टिकटकले भन्यो- नेपाल सरकारको निर्णयले खुसी छौं

काठमाडौं । टिकटकले नेपाल सरकारको निर्णयप्रति खुसी व्यक्त गरेको छ । एक विज्ञप्तिमार्फत् टिकटकले नेपालमा टिकटक प्रतिबन्ध हटाएकोमा खुसी व्यक्त गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । ‘नेपालमा टिकटक खुल्ने कुराले हामी ज्यादै खुसी छौं । यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं,’ टिकटकले नेपाल प्रतिनिधिमार्फत भनेको छ, ‘नेपाली जनमानसको डिजिटल अनुभवको लागि उहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौं ।’

उसले अगाडि भनेको छ, ‘हाम्रो कम्युनिटीको रचनात्मकता र जोशले नेपाली घरपरिवारमा आनन्दको सञ्चार गर्नुका साथै अविश्वसनीय रूपमा प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण आर्थिक अवसरहरूको ढोकासमेत खोलेको छ । हामी नेपालीहरूको उन्मुक्त आवाज बन्न र सृजनशीलताको साझा मञ्चलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं । किनकि हामीले नेपालको सफलताको कथालाई सधैंभरि समर्थन गरिरहेका छौं ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रदेश संरचना हटाउन सकिन्न : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । काँग्रेसको …

प्रतिकृया दिनुहॊस