काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न तीन जना संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९९ हजार ६८० कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
जोसुकै व्यक्ति तथा संगठित संस्थाले कम्पनीको शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । यसअघि संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना जारी गरिएकोमा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेकाले सर्वसाधारणलाई बिक्री गर्न लागिएको कम्पनीले बताएको छ ।
कम्पनीले शेयरको न्यूनतम मूल्य भने तोकेको छैन ।इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिनुपर्नेछ । उक्त आवेदन कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा बुझाउनु पर्नेछ ।
प्रतिकृया दिनुहॊस