के देखियो भैँसीले मारेको बाघको पोस्टमार्टम रिपोर्टमा ?

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरमा भैँसीले मारेको बाघको पोस्टमार्टम गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर प्रतापपुरका बलबहादुर राईको गोठमा पुगेर भैँसीको आक्रमणबाट मरेको बाघको पोस्टमार्टम गरिएको हो ।

बिहीबार बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो भने बाघको आक्रमणबाट भैँसी घाइते भएको पाइएको छ । घटनापछि चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा मृत बाघको पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टममा रिपोर्टका अनुसार भैंसीको प्रतिकारमा मरेको बाघ पहिलेदेखि नै घाइते र अशक्त रहेको पाइएको हो ।

पोस्टमार्टममा संलग्न निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठले उक्त बाघको शरीरका विभिन्न ठाउँमा पुराना घाउचोट भेटिएको जानकारी दिए । उक्त बाघ ८ वर्षजति उमेरको रहेको पाइएको छ ।

दुब्लाएर अत्यन्त अशक्त भएका कारण बस्ती छिरेको बाघ भैंसीको गोठमा पुगेको र भैंसीले आफ्नो रक्षाका क्रममा हान्दा बाघको संवेदनशील स्थानमा लागेर मृत्यु भएको हुनसक्ने उनले बताए । बाघको टाउकोमा र शरीरको पछिल्लो भागमा नयाँ घाउ देखिएको छ । टाउकोको चोटले बाघको ज्यान गएको हुनसक्ने डा. श्रेष्ठको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राजदूत सिफारिस लम्साल र यादवविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई जना राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds