[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
आजको पञ्चाङ्ग
वि.सं. भदौ ०४, २०८१ । ई.सं. 20 Aug, 2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४४ गुँलागा । कालयुक्त दक्षिणायन वर्षा । मंगलबार भाद्र कृष्णपक्ष । तिथि प्रतिपदा २२:२५ बजेसम्म, त्यसपछी द्वितिय । नक्षत्र धनिष्ठा ०७:४३ बजेसम्म, त्यसपछी शतभिषा । योग अतिगण्ड ००:३१ बजेसम्म, त्यसपछी सुकर्मा । करण वालव ११:३० बजेसम्म, त्यसपछी कौलव २२:२५बजेसम्म, त्यसपछी तैतिल । चन्द्रराशि कुम्भ । आनन्दादि योग उत्पात । दिनमान १२:५८ । सूर्योदय ५:३७ । सूर्यास्त १८:३५ । गोयात्रा (गाईजात्रा) सापारु । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आकस्मिक यात्राको अवसर आउन सक्छ र यात्राबाट लाभ नै मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन पनि सकिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ भने विश्वास गरेकै हरुबाट धोका हुनसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट
प्रतिकृया दिनुहॊस