नेपाल टेलिकमको एनटी फाइबर अब ७७ वटै जिल्लामा

काठमाडौं । नेपाल टेलिकमले हुम्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुुअल रुपमा सो सेवाको शुुभारम्भ गरेका छन् । यससँगै एनटी फाइबर नेपालका सबै जिल्लामा पुगेको कम्पनीले बताएको छ ।

सो अवसरमा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालय सम्म दूरसञ्चार सेवा पु¥याउने कार्यका लागि नेपाल टेलिकमले महत्वपूर्ण भूमिका खेल्ने बताए । सरकारको एक महत्वपूर्ण कदमको रुपमा देशका ७७ वटै जिल्लामा फाइबर सेवा पुगेको र यसबाट आगामी दिनमा अझै महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरेको उनले बताए ।

त्यस्तै कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनी र सरकारका लागि यो महत्वपूर्ण दिन भएको बताइन् ।

कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पहिले कपर प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध भइरहेकोमा अब अन्य जिल्लामा जस्तै हुम्ला जिल्लामा पनि फाइबरबाट इन्टरनेट सेवा उपलब्ध हुने र सेवामा पनि स्तरोन्नति हुने बताइन् ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्धक मिलन श्रेष्ठ, कर्णाली प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक उमेश प्रसाद साह र दू.सं.का. सुर्खेतका कार्यालय प्रमुख बरिष्ठ इन्जिनियर सुष्मा गौतमले हुम्ला र समग्र कर्णाली प्रदेशमा नेपाल टेलिकमको सेवा वारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुल लामा र अन्य जनप्रतिनिधिहरुका साथै मन्त्रालय र नेपाल टेलिकमका उच्च पदस्थ अधिकृतहरुको समेत सहभागिता थियो ।

हाल हुम्लामा उपलब्ध गराइएको एनटी फाइबर सेवामार्फत साविकमा उपलब्ध हुँदै आएको एडीएसएल सेवाको तुलनामा थप गुणस्तरीय सेवा उपलब्ध हुने पनि कम्पनीले बताएको छ । यससँगै देशका ७७ वटै जिल्लामा एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामसङको ‘भव्य दसैँ–तिहार, घरभरी उपहार’ अफर सार्वजनिक

काठमाडौँ । चाडपर्वको अवसरमा सामसङले आगामी कार्तिक ३० गतेसम्म लागू हुने गरी अफरको घोषणा गरेको …

प्रतिकृया दिनुहॊस