४६ मेगावाटको माथिल्लो बलेफीमा चार बैंकको लगानी सम्झौता

काठमाडौं । सिन्धुपाल्चोकमा रहेको बलेफी नदीमा बन्न लागेको ४६ मेगावाट क्षमताको माथिल्लो बलेफी जलविद्युत् आयोजनामा चार बैंकले लगानी गर्ने भएका छन् । ४६ मेगावाट क्षमताको नदी प्रवाही माथिल्लो बलेफी जलविद्युत्मा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा कृषि विकास, नेपाल एसबीआई तथा माछापुच्छ्रे बैंकले लगानी गर्ने भएका हुन् ।

सम्झौतामा लक्ष्मी सनराइज बैंकका मनिषराज कुँवर, कृषि विकास बैंकका सुदिपकुमार दाहाल, नेपाल एसबीआई बैंकका प्रविन भट्टराई माछापुच्छ्रे बैंकका विनितचन्द्र झा र माथिल्लो बलेफी जलविद्युत्का निर्देशक सञ्जयकुमार साहले हस्ताक्षर गरे ।

९ अर्ब ४३ करोड कुल लागत रहेको आयोजनामा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमार्फत सहभागी बैंकहरूले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छन् । आयोजनाको बाँकी २५ प्रतिशत रकम कम्पनीका प्रर्वदक/संस्थापकहरूको लगानी रहने छ । आयोजनामा लक्ष्मी बैंकले चार अर्ब सात करोड, कृषि विकास बैंकको एक अर्ब पाँच करोड, नेपाल एसबीआई बैंकको एक अर्ब तथा माछापुच्छ्रे बैंकको ५० करोड लगानी रहेको कम्पनीले जनाएको छ ।

माथिल्लो बलेफीले ०७८ साल साउन ३२ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिएको थियो । आयोजनाको ०८० मंसिर ५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ । आयोजनाले वार्षिक करिब २७४.८९ गिगावाट आवर इनर्जी उत्पादन गर्ने जनाएको छ । कम्पनीको प्रवद्र्धकको रुपमा गोल्यान ग्रुप, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजु रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ब्रिटिस कलेज र ई-वर्कस् बीच साझेदारीको घोषणा

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ग्लोबल आईटी कम्पनी ई–वर्कस्सँग साझेदारीको …

प्रतिकृया दिनुहॊस