गुगल प्ले स्टोरमा इसेवा १ करोडभन्दा बढी डाउनलोड

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको गुगल प्ले स्टोरमा १ करोड (१० मिलियन) भन्दा बढी डाउनलोड पूरा भएको छ।

इसेवाले १ करोड डाउनलोडलाई “खुसिका १ करोड पलहरु” भनेर मनाएको कम्पनीले जनाएको छ। नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्‍याएको कम्पनीको दाबी छ।

सन् २००९ मा स्थापना भई सेवा दिई आइरहेको यस कम्पनीले लगभग १६ वर्षको अन्तरालमा नै यो उपलब्धि हासिल गरेको हो।

हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस कम्पनीसँग १ करोड भन्दा बढि दर्ता भएका ग्राहकहरू, २ लाख ५० हजारभन्दा बढी एजेन्टहरू, ४९ बैंकहरू, ४५ लघुवित्तहरू ३ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइएमई पे एपको नयाँ सुविधा- IELTS टेस्टको शुल्क अब सजिलै एपबाट तिर्न मिल्ने

काठमाडौँ । आइएमई पे ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा …

प्रतिकृया दिनुहॊस