सशस्त्रका ३ खेलाडी सम्मानित, ठगुन्नाको बढुवा

काठमाडौं । ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई सम्मान गरिएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा महानिरीक्षक राजु अर्यालले भलिबल खेलाडीहरु सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्टलाई सम्मान गरेका हुन्।

लामो समयदेखि नेपाल एपीएफ क्लवमा आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताहरुमा सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गरेको भदै उनीहरुलाई सम्मान गरिएको हो।

उनीहरुले देश र संगठनको छवि उच्च राख्न खेलेको भन्दै सशस्त्र प्रहरी प्रधान कार्यालयले उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यस्तै, उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको भन्दै सशस्त्र प्रहरी जवान निरुता ठगुन्नालाई सशस्त्र प्रहरी हवल्दारमा बढुवा गरिएको छ।

बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

२०७६ सालमा एपीएफमा लोकसेवामा नाम निकालेर निरुता सिपाही बनेकी थिइन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा …

प्रतिकृया दिनुहॊस