दूधकोसी र अरुणमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । गए रातिदेखिको वर्षाका कारण खोटाङको ऐसेलुखर्क, दूधकोसी रबुवाबजार, ओखलढुंगा, मानेभन्ज्याङलगायत क्षेत्रका नदीमा पानीको बहाव बढेको छ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले दूधकोसी नदी र यसका सहायक नदीमा तथा टाप खोला, रावा खोला, मौलुङ खोला र अन्य स–साना खोलामा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सङ्खुवासभाको खाँदबारी, अरुण तुर्केघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको र उक्त क्षेत्र भएर बहने अरुण नदी र यसका सहायक नदी तथा सभा खोला, हिन्वा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने विभागले जनाएको छ। नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस