उपप्रधानमन्त्री सिंहले काठमाडौंका नदीहरुमा पानीको बहाव बढाउनेबारे विज्ञहरुसँग गरे छलफल

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमति लगायतका नदिहरुमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञहरुसँग छलफल गरेका छन् ।

उपप्रधानमन्त्री सिंहले मन्त्रालयमा विज्ञहरुसँग छलफल गर्दै बाग्मती, विष्णुमतिलगायतका नदिहरुमा सफा पानी बगाउन अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाका बारेमा राय लिएका हुन् । सिंहले मन्त्री भएदेखि नै उपत्यकाका नदिहरुलाई पुनर्जीवन दिने, काठमाडौं उपत्यकालाई स्वच्छ र सफा राख्ने, फोहोरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै समाधानका उपायबारे छलफल तिव्र पारेका छन् ।

‘नदिमा पानी नबग्दा एकदम दुर्गन्ध फैलिइरहेको छ । पानी बगाइरहँदा केही कम हुन्छ की भनेर केही स्थानमा बोरिङ गरेर भएपनि नदिमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ की भनेर सोाचिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यसमा विज्ञहरुको सुझाव राम्रा सुझावहरु आएका छन् । आगामी दिनमा पनि तपाईंहरुसँग बसेर अरु कार्यक्रमहरु के के गर्न सकिन्छ गरौंला ।’

मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाव वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपण्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्नेलगायतका विषयमा विज्ञहरुसँग राय लिइएको बताए । सो क्रममा विज्ञहरुले सुख्खा याममा काठमार्डौंका नदिहरुमा जलप्रवाह बढाउनका लागि प्राविधिक सम्भाव्यताका बारेमा आ–आफ्नो राय राखेका थिए । केहीले बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालिन रुपमा प्रयोगमा ल्याउन सकिने धारणा राख्नुभएको थियो भने केहीले बोरिङ गर्दा त्यसले पार्ने प्रभावको मूल्यांकन गर्नुपर्ने बताएका थिए ।

पूर्व मन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदिमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्नेलगायतका विषयमा विज्ञहरुसँग छलफल शुरु गर्नु सकारात्मक रहेको बताए । ‘अहिले भइरहेका भन्दा फरक तरिकाबाट काम गर्नेबारे सोचौं,’ उनले भने, ‘नदि सफाई, फोहोर मैला व्यवस्थापनलगायतका विषयमा नागरिकलाई पनि सहभागि गराउनुपर्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल—कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास …

प्रतिकृया दिनुहॊस