आइएमई पे ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गर्न सफल

काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले हालै ‘सिसा पिसिआई डीएसएस-4.0’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस-4.0 प्राप्त गर्ने संस्था बनेको छ । यससँगै आइएमई पे सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ ।

आइएमई पेले आफ्नो स्थापनाकाल देखिनै सेवाग्राहीहरूको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको र केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरू पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको बताएको छ ।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात् नवीकरण गरिन्छ । यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पुराएर नवीकरण गरेको छ । आइएमई पेले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरूको गोपनीयता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइएमई र कमर्स प्लेक्सबिच रेमिटेन्स आदानप्रदानका लागि साझेदारी

काठमाडौँ । आइएमई लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बिच एक कार्यक्रमको आयोजना गर्दै रेमिटान्स सम्बन्धी …

प्रतिकृया दिनुहॊस