मन्त्री खड्काले गरे ६ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले ६ सहसचिवको सरुवा गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ६ सहसचिवको सरुवा भएको हो । ऊर्जामन्त्री दीपक खड्काले विद्युत विकास विभागको महानिर्देशकसहित विभिन्न पदहरुमा सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

नवीनराज सिंह तेस्रो पटक विद्युत विकास विभागको महानिर्देशक बनेका छन् । हाल मन्त्रालयका ऊर्जा महाशाखामा रहेका सिंहलाई महानिर्देशकका रुपमा विभागमा पठाइएको हो । आयोजनाहरुको लाइसेन्स वितरण गर्ने यो विभागलाई कर्मचारीहरुले मन्त्रालय अन्तर्गतको सबैभन्दा आकर्षक अड्डा मान्ने गरेका छन् । विभागमा हाल महानिर्देशक रहेका जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा ल्याइएको छ ।

यस्तै सहसचिव चिरञ्जीवि चटौतलाई ऊर्जा नीति महाशाखामा जिम्मेवारी दिइएको छ भने मधु भेटुवाललाई बूढीकीगण्डकी जलविद्युत् आयोजना हेर्ने गरी सरुवा गरिएको छ । यस्तै सिँचाइ विभागको उपमहानिर्देशकमा सन्तोष कैनीले जिम्मेवारी पाएका छन् । जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशकबाट उनी विभागको उपमहानिर्देशक बनेका हुन् । कैनीको ठाउँमा सहसचिव दिनेश रौजरियालाई पठाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस