पहिरोमा आफू मरेर बसका ३० बढी यात्रु जोगाएका चालक मेघराजलाई सम्मान

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा भिरबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ ।

गत असार २८ गते सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो । आफू मरेर बसका यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गर्ने भएको हो ।

विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले चालक विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए । कस्तो सम्मान, कति राहत भन्ने कुरा पछि खुल्ने तर आफू मरेर बसका यात्रुलाई जोगाएकाले चालकलाई मरणोपरान्त सम्मान गर्ने निर्णय भएको भट्टराईले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अर्का एक अधिकारीका अनुसार ती चालकलाई विभूषणसहित सम्मान गर्ने प्रस्ताव कार्यकारी समितिमा पेस भएको थियो । बुटवलबाट काठमाडौं आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विक चालक सिटमै बसेको अवस्थामा भिरबाट खसेको ढुंगाले किचिएका थिए । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनले चलाएको बसमा ३० बढी यात्रु थिए । उनीहरू सबै जोगिएका थिए ।

सोही दिन नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पहिरोसहित दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेर बेपत्ता छन् । दुईवटा बसमा ६५ यात्रु रहेकामा तीन जना पौडिएर ज्यान जोगाउन सफल भए । नेपाल र भारतका गोताखोरसहितको टोलीले खोजी गर्दा २४ जनाको शव भेटिए पनि अन्य यात्रु र बसहरुको अवस्था अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस