बंगलादेशमा प्रधानमन्त्री निवासमा प्रवेश गरे आन्दोलनकारी

काठमाडौं । बंगलादेशमा आरक्षणविरूद्वको विद्यार्थीको आन्दोलन नियन्त्रण बाहिर गएको छ । प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवास गणभवनमा छिरेपछि प्रधानमन्त्री शेख हसिना भागेकी छन् ।

उनी ढाका छोडेर अन्यन्त्र भागेकी हुन् । प्रधानमन्त्री हसिनाले केही समय अगाडि मात्र निवास छाडेकी हुन् । उनले राजीनामा समेत दिइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हजारौंको संख्यामा प्रदर्शनकारीहरू सरकारी भवन छिरेको अन्तर्राष्ट्रय सञ्चार माध्यमहरूले जनाएका छन् । उनीहरुले प्रधानमन्त्री निवासको टेवल–कुसी बाहिर निकालेका छन् । प्रदर्शनका क्रममा आइतबार मात्रै ९१ जनाको मृत्यु भएको छ । आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दिएको पनि थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशकद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार …

प्रतिकृया दिनुहॊस