साढे आठ किलो गाँजासहित प्रियंका पक्राउ

काठमाडौं । साढे ८ किलो गाँजासहित बारामा एक जना युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ छिन् । उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो ।

जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । पक्राउ परेकी श्रेष्ठविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस