पेरिस ओलम्पिक महिला फुटबलको सेमिफाइनल समीकरण पुरा

काठमाडौँ । जारी पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । गए राति सम्पन्न क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो । क्वार्टर फाइनलमा ब्राजिलले फ्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको छ भने जर्मनीले क्यानडालाई पेनाल्टी सुट आउटमा ४–२ ले पराजित गरेको छ ।

त्यस्तै स्पेनले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–२ अन्तरले पराजित गरेको थियो भने अमेरिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको थियो । अब सेमिफाइनलमा अमेरिकाले जर्मनीको सामना गर्नेछ भने ब्राजिलले स्पेनको सामना गर्नेछ । सेमिफाइनलका खेलहरु आगामी मंगलबार हुनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसियु एण्ड पिइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबलको उपाधि गोल्डेन गेटले उचाल्यो

काठमाडाैं । ‘एसियु एण्ड पिइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२४’ शनिबार रोयल स्पोर्ट्स …

प्रतिकृया दिनुहॊस