स्वर्णिमले बेलैमा आफ्नो भूल सच्याउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष स्वर्णिम वाग्लेले दिएको अभिव्यक्ति बेलैमा सच्याउन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुझाव दिएका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘मन्रो डक्ट्रिन जस्तो एउटा सार्वभौम देश/क्षेत्रमा अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन ! नेपाल जस्तो दुई ठूला देशको बिचमा रहेको मुलुकका निम्ति त झन् अकल्पनीय कुरा हो ! स्वर्णिम वाग्लेले बेलैमा भुल सच्याउनु राम्रो होला ।’

वाग्लेले एक अभिव्यक्तिमार्फत भारतले आफ्नो प्रभुत्व जमाउन खोजेको र नेपालले त्यो कुरा बुझिदिनुपर्ने आशयको अभिव्यक्ति दिएपछि प्रतिनिधिसभा बैठकमा चर्को आलोचना भएको थियो । नेकपा एमाले र कांग्रेसका सांसदहरूले यो विषयमा चर्को आलोचना गर्दै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस